अमरराज नहर्की
तनहुँ, जेठ ६ गते । तनहुँमा बन्दाबन्दीका क्रममा विदेशबाट आएका ४१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका मध्ये अधिकांश भारतबाट आएका रहेका छन् । बङ्गालादेशबाट एक जना, दुबईबाट आएका दुई जना र बाँकी भारतबाट आएका गरी उक्त सङ्ख्यालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
भारतीय सिमा क्षेत्रमा रोकिएका ३८ जना नागरिकलाई उद्धार गरि जिल्लामा ल्याई क्वारेन्टाइमा राखिएको उहाँले बताउनुभयो । बन्दाबन्दीले गर्दा भारतका विभिन्न राज्यबाट भैरहवा र कैलालीमा आई रोकिएका उनिहरुलाई उद्धार आईतबार, सोमबार र मङ्गलबार गरी तीन दिन उद्धार गरिएको कार्यालयले जनाएको छ ।
उद्धार गरी ल्याइएका व्यास र भानु नगरपालिका , रिसिङ र घिरिङ गाउँपालिकाका नागरिकहरुको जिल्ला प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तहलाई जिम्मामा लगाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारत तथा मुलुककै अन्य जिल्लाबाट आएका नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा अनिवार्य १५ दिन बस्नुपर्ने छ व्यवस्था गरिएको छ ।
जिल्लाको विभिन्न स्थानमा गरी एक सय ७४ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा ४६ शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार विदेशबाट घर फर्किएका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका करेण्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा स्थापना गरिएका जिपी कोइराला मेमोरिएल श्वास प्रश्वास अस्पताल,बन्दिपुर अस्पताल र दमौली अस्पताल लगायतका पाँच स्थानमा आइसोलेसन कक्ष स्थापना गरिएको छ ।
सामुदायिक वनद्धारा राहत प्रदान
यसैबीच तनहुँको देवघाट गाउँपालिका–३ स्थित अकला सामुदायिक वन उपभोक्ता समितिले आफ्ना सबै उपभोक्तालाई राहत वितरण गरेको छ ।े समितिको कोषबाट दुई÷दुई बोरा चामल, दुई÷दुई प्याकेट न्यून र तेल वितरण गरेको उक्त स्थान रहेको वाटक टोल विकास सस्थाका अध्यक्ष जीतबहादुर थापाले जानकारी दिनुभयो ।
सोही ठाउँ स्थित अकला देवि आमा समुहले पनि ३÷३ प्याकेट नुन र हात धुने साबुन प्रदान गरिएको आमा समुहकी अध्यक्ष विभामाया थापाले जानकारी दिनुभयो । सामुदायिक वनका उपभोत्तालाई उपभोक्तालाई लामो बन्दाबन्दीले समस्या परेकोले सामाजिक दुरी कायम गरी उक्त राहत वितरण गरेको स्थानीय छिपछिपे युवा क्लबका उपाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो ।