logo
२०८१ फाल्गुन १४ बुधवार



बाँकेमा बस दुर्घटना, ११ काे मृत्यु २२ घाइते, चार गम्भीर

प्रदेश |


बाँकेमा बस दुर्घटना, ११ काे मृत्यु २२ घाइते, चार गम्भीर
दु्ु्र्घटनाग्रस्त बसकाे निरीक्षण गर्दै प्रहरी


सिराज खान

बाँके, जेठ १९ गते । गए राती १२ बजे भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छ्न् ।

भारतबाट फर्केका यात्रुलाई लिएर नेपालगन्जबाट दाङतर्फ गइरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको हो । बसमा रहेका सवारी चालकसमेत गरी कुल ३३  यात्रुमध्ये ११ को मृत्यु भएकाे  र मृतक १० पुरुष एक महिला रहनुभएको तथा घाइते २१ पुरुष र एक महिला गरी २२ जनाको भेरी अस्पतालमा उपचार भइरहेकाे बाँकेका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरूम्ह्वाडले बताउनुभयो । घाइतेमध्ये  चार जना गम्भीर रहनुभएको छ । बस बिग्रिएर सडकमा राेकी राखेकाे ट्रकमा ठाेकिदा दुर्घटना भएकाे थियाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?