logo
२०८१ मंसिर १३ बिहीवार



कालिकालाई बनाइयो आइसोलेसन अस्पताल

प्रदेश |


कालिकालाई बनाइयो आइसोलेसन अस्पताल


अर्जुन काफ्ले
स्यााङ्जा, जेठ २१ गते । विश्वभर कोरोनाका भाइरसका सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै भिरकोट - १ को कालिका अस्पताललाई आइसोलेसन अस्पताल बनाइएको छ ।
कोरोनाबाट बच्ने र बचाउने उदेश्यले कालिकालाई जिल्ला विपद् व्यवस्थापन समितिले ४६ बेडको आइसोलेसन अस्पताल बनाएको हो ।

जिल्लामा सङ्क्रमण फैलिएका सबैलाई एकै ठाउँमा राख्ने उदेश्यले एक सय बेडको कालिका अस्पताललाई आइसोलेसन अस्पताल बनाएको प्रजिअ गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो ।
दश वर्ष पहिला स्वास्थ्य सेवा दिने हेतुले स्थानीयको सक्रियतामा जिल्लाको मध्य भागमा अस्पताल खोलिएको थियो ।

भारतबाट आएका जिल्लावासीमा सङ्क्रमण देखिएपछि र जिल्लामा आइसोलेसन वार्ड ११ वटा मात्र रहेकाले ठूलो अस्पताललाई आइसोलेसन अस्पताल बनाएको प्रजिअ क्षेत्रीले बताउनुभयो ।
क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्दै सङ्क्रमितलाई सबैलाई कालिकामा ल्याउने बताउनुभयो । हाल कालिकामा पाँच, जिल्ला अस्पतालमा चार र पोखरामा एक जना सङ्क्रमित राखिएको बताउँदै क्षेत्रीले अब श्रोत र साधनले पुगेसम्म कालिकामा उपचार गराउने बताउनुभयो ।

मङ्गलबार चापाकोट र बिरुवामा सङ्क्रमण भएकालाई कालिका अस्पतालमा ल्याइएको हो भने सङ्क्रमितमा उपचारको समस्या रहेमा पोखरा लगिने क्षेत्रीले बताउनुभयो । कालिकामा जनशक्ति र स्वास्थ्य सामाग्रीको अभाव रहेको बताउँदै प्रजिअ क्षेत्रीले हरेक पालिकासँग सहयोग मागेर स्वास्थ्य सामाग्री थप गर्ने तयारी गरेको बताउनुभयो । कालिका अस्पतालमा जनशक्ति थप नभएसम्म जिल्ला अस्पतालमा रहेको स्वास्थ्यकर्मीले सेवा दिनेछन् । कालिका कोरोनाको महामारीमा जिल्लामै ठूलो क्षमताको आइसोलेसन अस्पताल पोखरा पछाडिको एक हो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?