logo
२०८१ मंसिर १३ बिहीवार



क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

प्रदेश |


क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’


हिम्मत सिंह
डडेल्धुरा, जेठ २३ गते । डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

मृतक महिलाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड - १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभयो । गन्यापधुरा गाउँपालिका –१, स्थित असिग्राम आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्नुभएको सोही गाउँपालिका – २ को ३० वर्षिया महिलाको मङ्गलबार राति मृत्यु भएको थियो । मृतक महिलाको शव बुधबार नै व्यवस्थापन गरिसकिएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?