logo
२०८१ फाल्गुन १६ शुक्रवार



कर्णालीमा ५४ जना कारोना सङ्क्रमित थपिए, कुल ६४१ पुग्यो

प्रदेश |


कर्णालीमा ५४ जना कारोना सङ्क्रमित थपिए, कुल ६४१ पुग्यो


मुना हमाल
सुर्खेत, जेठ २५ गते । कर्णाली प्रदेशमा आइतबार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४१ पुगेको छ ।
समाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र कालिकोट र सुर्खेतका तीन/तीन जना रहेका छन् । कर्णाली प्रदेशका कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?