logo
२०८१ मंसिर १३ बिहीवार



पीसीआर रिपोर्ट आउन ढिलाइ

प्रदेश |


पीसीआर रिपोर्ट आउन ढिलाइ


बाजुरा समारचादाता
बाजुरा , जेठ २६ गते । बाहिरी जिल्ला, भारत, तेस्रो मुलकलगायत ठाउँबाट प्रवेश गरेका बाजुराका अधिकांश मानिसको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट काेराेना परीक्षण गर्न धनगढी पठाउने गरिएको छ ।

बाहिरबाट आएकाहरूलाई कोरोनाको शङ्का लागेमा तथा उनीहरूलाई क्वारेन्टाइन बसेको १४ दिन पूरा भएपछि स्वाब सङकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न धनगढी पठाउने गरेको जनस्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

अहिलेसम्म बाजुराबाट ४६७ जनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गर्न धनगढी पठाइएको स्वास्थ्य कार्यालय, बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'स्वाब सङ्कलन गरी पठाएका २१३ जनाको पीसीआर रिपोर्टमा २३ वर्षीया एक महिला र २ वर्षीया एक बालिकामा कोरोना देखिएको थियो । भने २५४ जनाको रिपोर्ट अझै आउन बाँकी छ ।'

पीसीआर विधिमा परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएका ४६७ मा १०८ जना आरडीटी पोजिटिभ, १८७ कोरोना पुष्टि भएको क्वारेन्टाइनका र १७२ जना अन्य रहेको जनस्वास्थ्य कार्यालय बाजुराका स्वास्थ्य निरीक्षक अशोककुमार सिंहले बताउनुभयो ।

'आरडीटीमा पाेजिटिभ देखिएका क्वारेन्टाइनमा बसेका १८७ जनाको स्वाब सङ्कलन गरी धनगढी पठाएको एक हप्ताभन्दा बढी भइसक्यो, अझै रिपोर्ट आएको छैन' निरीक्षक सिँहले भन्नुभयो, 'क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएकाहरूको पनि स्वाब पठाएको हो, रिपोर्ट आएको छैन । रिपोर्ट नआएकोले उनीहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका छन् ।'

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?