अर्घाखाँची,जेठ २६ गते । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक सहित सोमवार थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका वाडनम्वर १ का एक जना,६ नम्बर वाडका १२ जना,७ नम्वरवाडका १६ जना,सितगगा नगरपालिका १ जना र पाणिनि गाउपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
अर्घाखाँचीका यो सगै ३५ जनामा सक्रमण भएको छ । १ जना भारतबाट जिल्ला आउदै गर्दा मृत्युु भएको थियो । ४ जना सक्रमित नगरपालिकामा रहेको क्वारेन्टाइन रहेको र आज सक्रमण भएकालाई पनि सन्धिखर्कको क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । सनपा उपप्रमुख विकले आफु जनताको सेवामा जाँदा संक्रमण भन्दै बाँकि समय पनि जनता लागि नै सदुप्रयोग गर्ने बताउनुभयो। हाल भेटिएका सक्रमितको सम्पर्क पहिचाहनमा रहेको जनाईएको छ । सबै जना क्वारेन्टाइन रहेको बताइएको छ ।