logo
२०८१ मंसिर १३ बिहीवार



एकै पालिकामा सात सङ्क्रमित, धादिङमा कुल सङ्क्रमित ३१ जना

प्रदेश |


एकै पालिकामा सात सङ्क्रमित, धादिङमा कुल सङ्क्रमित ३१ जना



मुरारी अधिकारी
धादिङ, जेठ २९ गते । जिल्लामाआज थप सात जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । नयाँ सङ्क्रमित सबै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.६ र १ का रहेका छन् । सङ्क्रमित ४९ वर्षदेखि १८ वर्ष उमेर समुहका पुरुषहरू रहेका छन् । सङ्क्रमित सबै भारतबाट आएका हुन् ।

उनीहरूको प्रदेश प्रयोगशाला हेटौँडाले कोरोना सङ्क्रमण भएको पुष्टि गरेको हो । पहिले र्यापिड डाईगोनेष्टिक टेष्ट गर्दा नेगेटिभ नतिजा आएको तर भारतबाट दुई साता अगाडि फर्केको कारणले गर्दा शङ्का गरी उनीहरूको स्वाबको नमूना निकाली पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पुष्टि भएको हो ।

यससँगै धादिङमा कोरोनाबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ पुगेको छ । तीमध्ये सात जना निको भई घर फर्किसकेका छन् । बाँकी १६ जनालाई धादिङको सदरमुकाममा निर्माण गरिएको आइसोलेसनमा राखी उपचार गरिरहेको छ भने आज पुष्टि भएकाहरूलाई त्रिपुरासुन्दरी गाउँपालिकामा बनाइएको आइसोलेसनमा राखी उपचर गर्ने व्यवस्था मिलाइएको छ । यससँगै उनीहरू बसेको स्थान सिल गर्ने स्थानीय प्रशासनले निर्णय गरेको छ भने सङ्क्रमितहरूको सम्पर्कमा रहेका नजिकको व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य पनि सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?