logo
२०८१ मंसिर १३ बिहीवार



कोरोना सङ्क्रमित मृतकका कुरुवाको रिपोर्ट नेगेटिभ

प्रदेश |


कोरोना सङ्क्रमित मृतकका कुरुवाको रिपोर्ट नेगेटिभ


शालिग्राम नेपाल

चितवन, जेठ २९ गते । भरतपुरमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिलाई बिरामी अवस्थामा अस्पतालमा कुरुवा बसेका आफन्तलाई कोरोना नेगेटिभ देखिएको छ । मृतक भरतपुर महानगरपालिका वडा नं.११ का ६८ वर्षीय पुरुषका ज्वाइँको परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।

कोरोना सङ्क्रमित ६८ वर्षीय पुरुषको ज्यान गएपछि उहाँको कुरुवा बसेका ज्वाइँलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट उहाँ डिस्चार्ज हुनुभएको छ । मृतक ६१ वर्षीय पुरुष र उहाँ एकाघरमा बस्दैआउनुभएको हो । हाल घरमा मृतकका श्रीमती, छोरी, नाती र नातिनी हुनुहुन्छ ।

चिकित्सकले जाँचेका एक सय जना ट्रेसिङमा

भरतपुरमा कोरोना सङ्क्रमित देखिएका चिकित्सकले जाँच गरेका एक सय जना सर्वसाधारण बिरामी ट्रेसिङमा परेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमित देखिएका ती चिकित्सकले ओपीडीमा जाँचेका सबै बिरामीसँग सम्पर्क गरी उनीहरूलाई उच्च सतर्कताका साथ बस्न भनिएको छ ।

कार्यालय प्रमुख दीपक तिवारीले चिकित्सकले बिरामी जाँच्दा १५ मिनेटभन्दा धेरै समय एक मिटरसम्मको दूरीमा रहेकाहरूलाई पहिचान गरी सूचित गरिएको जानकारी दिनुभयो । “उहाँहरू सबैलाई १४ दिनसम्म नियमित सम्पर्कमा रही स्वास्थ्य अवस्थाबारे जानकारी दिन भनेका छौँ ।" उहाँले भन्नुभयाे, त्यसपछि मात्रै स्वाब सङ्कलन र परीक्षणको प्रकृया अगाडि बढ्नेछ ।” तत्कालै पीसीआर परीक्षण गर्दा आउने नतिजा परिपक्क नहुने भएकाले सबैलाई न्यूनतम १४ दिनको अवधि पूरा गर्न भनिएको तिवारीले बताउनुभयो । यसबाहेक अन्य सङ्क्रमितहरूसँग नजिक भएका करिब ५० जनाको पहिचान गरी उनीहरूलाई पनि उच्च सतर्कताका साथ राखिएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?