logo
२०८१ फाल्गुन १७ शनिवार



गण्डकीमा थप ३७ जनामा कोरोना सङ्क्रमण

प्रदेश |


गण्डकीमा थप ३७ जनामा कोरोना सङ्क्रमण


तारा चापागाईं दुबे

पोखरा, जेठ ३० गते । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार योसँगै गण्डकीमा १८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
उहाँले तीन वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनुभयो । शुक्रबार कोरोना सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी स्याङ्जाका २२ जना, पर्वतका १३ जना र नवलपुरका एक जना र तनहुँका एक जना रहेका छन् । गण्डकीका ११ जिल्लामध्ये नाै जिल्लामा सङ्क्रमित छन् । मनाङ र मुस्ताङमा भने काेराेना सङ्क्रमित छैनन् ।

१८८ जना सङ्क्रमितमध्ये कुन जिल्लामा कति ?

स्याङजामा ६० जना
बाग्लुङमा ४० जना
नवलपुरमा ३८ जना
पर्वतमा २२ जना
गोर्खामा १५ जना
कास्की ५ जना
तनहुँमा ४ जना
म्याग्दीमा ३ जना
लमजुङमा १ जना

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?