logo
२०८१ बैशाख २६ बुधवार

  सुदूरपश्चिम नाका अपडेट  



आइतबार दुई हजार ३१५ नेपाली भित्रिए, ५४८ भारतीय बाहिरिए

प्रदेश |


आइतबार दुई हजार ३१५ नेपाली भित्रिए, ५४८ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की, जेठ ३२ गते । सुदूरपश्चिमका मुख्य दुई नाकाबाट आइतबार दुई हजार ३१५ नेपाली नेपाल भित्रिएका छन् भने ५४८ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीका लागि भारत तथा नेपालमा रहेका उनीहरू लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आआफ्ना देश आउने जाने गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४८१ नेपाली भित्रिएका छन् भने २७४ जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । शनिबारको तुलनामा भारतीय नागरिक बाहिरिने सङ्ख्या बढेको छ भने नेपाली आउने क्रम पनि बढेको छ ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या शनिबारको तुलनामा बढेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट शनिबार एक हजार ३५४ नेपाली भित्रिएकोमा आइतबार एक हजार ८३४ जना भित्रिएका छन् ।
उक्त नाकाबाट २७४ भारतीय नागरिक बाहिरिएका छन् । शनिबार ५८० जना भारतीय नागरिक आफ्नो देश फिर्ता भएका थिए । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १६ हजार बढी पुगेको छ ।
नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट दैनिक नेपाली भित्रिएसँगै स्थानीय तहका क्वारेनटाइनसमेत भरिभराउ भएका छन् । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा बसेर परीक्षणपछि मात्र घर जान पाउने व्यवस्था गरिएकोछ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?