logo
२०८१ मंसिर १३ बिहीवार



बारा, पर्सा, रौतहटका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


बारा, पर्सा, रौतहटका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि


शिवशङ्कर मिश्र 
बारा, असार १ गते । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आज बिहान थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरीटेण्डेन्ट डा.मदन उपाध्यायले नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बाराका ९, पर्साका १७, रौतहट ७ र सर्लाहीका १ जनामा कारोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा हिजो मात्रै झण्डै ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमूना परीक्षण गरिएको थियो । बाराका ९ जना सङ्क्रमित सबै पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्नेहरू रहेका छन् ।

पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेडीकल सुपरिन्टेण्डेन्ट डा.उपाध्यायले बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि हुनेमा पर्साको पोखरिया क्वारेन्टाइनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जना छन् ।

त्यसैगरी विन्दबासिनी क्वारेन्टाइनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुष, जिराभवानी क्वारेन्टाइनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुष, धोविनी क्वारेन्टाइनका २७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मेडिकल सुपरीटेण्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

पर्सागढी नगरपालिका–४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका–१ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली–५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरू सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएको उपाध्यायले बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा रौतहटका ७ र सर्लाहीको १ जनालाई सङ्क्रमण पुष्टि भएको छ । वितगत केही दिनयता बारा, पर्सा, रौतहटमा क्वारेन्टाइनमा बस्नेहरूको रिपोर्ट ढिलो आएको भन्दै आन्दोलनमा उत्रिने र क्वारेन्टाइनबाट भाग्ने क्रम बढेसँगै नारायणी अस्पतालको प्रयोगशालालाई पुर्ण क्षमतामा सञ्चालन गरिएको र एकैदिन ३-४ सयको हाराहारीमा परीक्षण भइरहेको मेसु.उपाध्यायले जानकारी दिनुभयोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?