logo
२०८१ मंसिर १३ बिहीवार



पर्सामा थपिए १० सङ्क्रमित, दुई दिनमा आठ स्वास्थ्यकर्मी सङ्क्रमित

प्रदेश |


पर्सामा थपिए १० सङ्क्रमित, दुई दिनमा आठ स्वास्थ्यकर्मी सङ्क्रमित


दिपकप्रसाद गौतम
वीरगञ्ज, असार १ गते । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार पर्साका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  दुई दिनमा जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा खटिएका आठ स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सोमबार पर्सा जिल्लामा एक महिलासहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आइतबार पाँच जना र सोमबार तीन जना गरी आठ जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा खटिँदा सङ्क्रमित बन्न पुगेका छन् । क्वारेन्टाइनमा खटिँदा पर्याप्त व्यक्तिगत सुरक्षा नहुनु, क्वारेन्टाइनमा बसेकाहरू अनुशासित एवम् सुरक्षित बन्दै सामाजिक दूरी बनाएर नबस्ने गरेकाले पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीको टोलिमा नै सङ्क्रमण देखिएको हो ।

आइतबार पाँच पोखरिया क्वारेन्टाइनका पाँच जना स्वास्थ्यकर्मी र सोमबार बिन्दवासिनी क्वारेन्टाइनका तीन जना गरी आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । सोमबार पुष्टि भएका पर्सा जिल्लाका सङ्क्रमितहरूमा नाै जना बिन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र एक जना पटेर्वा सुगौली गाउँपालिकाको रहेका छन् ।

भारतको विभिन्न सहरबाट घर फर्किएका बिन्दवासनी गाउँपालिकामा राखिएका झौवागुठी क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीसमेत सङ्क्रमित भएका हुन् ।
आइतबार पनि पर्साको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टाइनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । 

नयाँ पुष्टि भएका सबै सङ्क्रमितहरूलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा ल्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । आइतबार २० जना नयाँ सङ्क्रमित थपिएसँगै पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या १५३ पुगेको छ । पर्सा जिल्लामा हालसम्म पाँच हजार १३ जनाको स्वाब सङ्कलन गरिएको र त्यसमध्ये ३४६ स्वाबकाे परीक्षण रिर्पोट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?