logo
२०८१ फाल्गुन १८ आईतवार

  सुदूरपश्चिम नाका अपडेट  



आउजाउ गर्ने घटे, बुधबार ९६९ जना भित्रिए, २९८ भारतीय बाहिरिए

प्रदेश |


आउजाउ गर्ने घटे, बुधबार ९६९ जना  भित्रिए, २९८ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की, असार ३ गते । सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट बुधबार ९६९ नेपाली नागरिक नेपाल भित्रिए भने २९८ भारतीय नागरिक बाहिरिएका छन् । लकडाउनमा आ–आफ्ना देश आउने-जाने नेपालीको सङ्ख्या घट्दै गइरहेकाे छ ।
सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४०५ नेपाली नागरिक भित्रिएका छन् भने २७ जना भारतीय नागरिक बाहिरिएका छन् । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ५६४ नेपाली नागरिक भित्रिएका छन् भने २७१ भारतीय नागरिक बाहिरिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १६ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार बढी पुगेको छ ।
नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट दैनिक नेपाली भित्रिएसँगै स्थानीय तहका क्वारेनटाइनसमेत भरिभराउ भएका छन् । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्र घर पठाउने व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?