logo
२०८१ बैशाख १७ सोमवार



कास्कीमा ६ सहित गण्डकीमा २४ जनामा सङ्क्रमण, कुल ३४८

प्रदेश |


कास्कीमा ६ सहित गण्डकीमा २४ जनामा सङ्क्रमण, कुल ३४८


तारा चापागाईं दुबे
पोखरा, आसार ५ गते । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीमा छ जनासहित गण्डकीमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३४८ पुगेको छ ।
नवलपुरमा दुई जना, बागलुङमा १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकामा गरी छ जना, स्याङ्जामा दुई जना सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका दुई, बागलुङको गलकोट नगरपालिकाका आठ, काठखोला गाउँपालिकाका छ, कास्कीको पोखरा महानगरपालिकाका पाँच र रुपा गाउँपालिकाका एक तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना छन् । स्याङ्जाका अर्का सङ्क्रमितको भने ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ ।
आज थपिने सङ्क्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिएका सबै जना भारतबाट फर्किएको र सबै जना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
शुक्रबार बिहानसम्म प्रदेशभर २२ जना निको भएर घर फर्केका छन् भने एक जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?