शिवशंङ्कर मिश्र
बारा, असार ८ गते । कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुरटोलमा सोमबार बिहान ११ बजे मिक्सचर मेसिन पल्टिदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला सुरन्ङ्गा नगरपालिका–९ बस्ने को ३२ वर्षीय उमाकान्त यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्रराज कडेलले बताउनुभयो ।
शहरी विकास योजना अन्र्तगत नाला निर्माणको क्रममा नाला ढलानको कार्य हुँदै गर्दा मिक्सचर मेसिन पल्टिदा सहचालक यादवको घटनास्थलमै मृत्यु भएको हो । नाला निर्माणको लागि बनाइएको छड यादवको पेटमा छिर्नुको साथै मेसिनले च्यापिएको हो ।
मृत्तक यादवको शव परीक्षणको लागि कलैया अस्पतालमा ल्याईको तथा मेसिनको चालक सुब्बास अली नियन्त्रण रहेको प्रहरी निरीक्षक कन्डेलले जानकारी दिनुभयो ।
यसैगरी सर्पको टोकाइबाट बारामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर टोल निवासी मीनादेवी कुशवाहा रहेको स्थानीयले जनाएको छ ।
आइतबार बिहान मीनादेवीलाई घरमै सर्पले टोकेपछि उहाँलाई उपचारको लागि नारायणी उपक्षत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको स्थानीय रामकिशोर पटेलले जानकारी दिनुभयो ।