logo
२०८१ मंसिर १३ बिहीवार



लाश जलाउँदा आगोको लप्काले अनुहारमा छोएर दुई युवा गम्भीर घाइते

प्रदेश |


लाश जलाउँदा आगोको लप्काले अनुहारमा छोएर दुई युवा गम्भीर घाइते


राजन रावत

सिमकोट असार ८ गते । कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले युवाका अनुहार र छातीमा भेटाएपछि दुई जना युवा गम्भीर घाइते हुनुभएको छ । लाश जलाउने दाउरा सल्काउनका लागि मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाएपछि उहाँहरू घाइते हुनुभएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नं. ५ को बाम्टाका १७ वर्षका युवा धर्म सुनारको लाश जलाउने क्रममा मट्टितेलसहितको आगोको लप्काले अनुहार जलाएर गम्भीर घाइते बनाएको पितिका दाइ कृष्ण सुनारले बताउनुभयो । त्योसँगै गाउँका अर्का युवा बसन्त सुनारको पनि छातीका आगोको लप्काले छाेएपछि जलेको छ । लाश जलाउने तयारी गरिरहेको बेला आगो बाल्नका लागि दाउरामा मट्टीतेल खन्याउने क्रममा एक्कासि आगोको लप्काले अनुहार र छातीमा भेटाएको उहाँले बताउनभयो । दुवै जनालाई आगोले छोएपछि अरु मलामी गएर अनुहार तथा शरीरमा लागेको आगो निभाउने प्रयास गरेका थिए । उहाँहरूको अवस्था निक्कै गम्भीर रहेको सुनारले बताउनुभयो ।

दुवै जनाको गाउँपालिकाकाे सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अवस्था जटिल भएको भए पनि गाउँपालिकाकै अस्पतालमा उपचार भइरहेको स्वास्थ्यकर्मीले जनाएका छन् । एक दुई दिन उपचारको अवस्था हरेर अगाडिको उपचार तय गर्ने अस्पतालले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?