logo
२०८१ बैशाख १५ शनिवार



बुटवलको उपमहानगरद्वारा जोखिममा खट्नेलाई बीमा, आयुर्वेद र योग विस्तारमा जाेड

प्रदेश |


बुटवलको उपमहानगरद्वारा जोखिममा खट्नेलाई बीमा, आयुर्वेद र योग विस्तारमा जाेड


दीपक ज्ञवाली

बुटवल, असार ८ गते । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ को अस्थायी राजधानी भएको बुटवल उपमहानगरपालिकाले बुटवलमा जोखिमबीच खटिरहेकाहरूको बीमा गर्ने भएको छ । उपमहानगरले जोखिम मोलेर सङ्क्रमणविरुद्ध खटिरहेका बुटवलका महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी लगायतको बीमा गर्ने भएको हो ।

उपमहानगरको सोमबार सुरु नगरसभाको सातौँ अधिवेशनमा आव २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले यस्तो घोषणा गर्नुभएको हो । नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

नीति तथा कार्यक्रममा कोभिड-१९ नियन्त्रणका लागि आयुर्वेदिक औषधि वितरण, योगाभ्यास, जीवनशैली परिवर्तन, रोग प्रतिरोधी क्षमता वृद्धि गर्न विभिन्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कार्यक्रममा वृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राखिएको छ ।

त्यस्तै वृहत बुटवल र भविष्यको महानगरको रुपमा फराकिलो अवधारणाका साथ छिमेकी पालिकाहरूसँग समन्वयात्मक रुपमा विकास प्रकृया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवलले लिएका नीति तथा कार्यक्रमले बुटवललाई प्रदेश ५ काे स्थायी राजधानी घोषणा गर्न थप टेवा दिने विश्वास लिएको नीति कार्यक्रममा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?