logo
२०८१ बैशाख २६ बुधवार

 सुदूरपश्चिम प्रदेश नाका अपडेट 



दुई दिनमा एक हजार १४४ भित्रिए, २५४ भारतीय बाहिरिए

प्रदेश |


दुई दिनमा एक हजार १४४ भित्रिए, २५४ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की, असार १० गते । सुदूरपश्चिमका विभिन्न नाकाबाट मङ्गलबार र बुधबार एक हजार १४४ नेपाली नागरिक भित्रिएका छन् भने ९४ भारतीय बाहिरिएका छन् । रोजगारीका लागि भारत र नेपालका विभिन्न शहर रहेका नेपाली र भारतीय नागरिक कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट भित्रिएका हुन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार मङ्गलबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट ९७ जना नेपाली नागरिक भित्रिएका छन् भने बुधबार ३२२ जना नागरिक भित्रिएका हुन् । उक्त नाकाबाट दुई दिनमा ३२ जना भारतीय बाहिरिएका छन् ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट मङ्गलबार ३७६ जना नेपाली भित्रिएका थिए भने बुधबार ३१७ नेपाली भित्रिएका छन् । उक्त नाकाबाट दुई दिनमा १६० भारतीय नागरिक बाहिरिएका छन् । बुधबार बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट समेत भित्रिएका छन् । धार्चुलाबाट ४१ जना नेपाली नागरिक भित्रिएका हुन् भने ६२ भारतीय नागरिक बाहिरिएका छन् । बैतडीको झुलाघाटबाट भने एक जना नेपाली मात्र भित्रिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख २० हजार पुगेको छ भने बाहिरिनेको संख्या करिब १८ हजार पुगेको छ ।
उनीहरू नेपाल भित्रिएसँगै सुरक्षित क्वारेन्टाइनमा बस्ने र परीक्षणपछि घर जाने व्यवस्था सम्बन्धित जिल्लाका स्थानीय तहले मिलाएका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका करिब अठार हजार मानिस अझै क्वारेन्टाइनमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?