logo
२०८१ जेष्ठ ५ शनिवार



पोखरामा कोरोनाबाट थप एकको मृत्यु, गण्डकीमा सङ्क्रमित ७५३ पुगे

प्रदेश |


पोखरामा कोरोनाबाट थप एकको मृत्यु, गण्डकीमा सङ्क्रमित ७५३ पुगे


तारा चापागाईं दुबे
पोखरा, असार ११ गते । कोरोना भाइरस सङ्क्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गएराति निधन भएको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञान प्रतिष्ठानले जनाएको छ ।
असार ८ गते कोरना सङ्क्रमण, गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ मा निधान भएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि कोरोनाबाट वालिङका ५८ वर्षे पुरुषको निधन भइसकेको छ ।

थपिए ४ जिल्लामा ११ जना सङ्क्रमित ७५३ पुगे 
गण्डकी प्रदेशमा कोरोना बिहीबार सङ्क्रमितको सङ्ख्या ७५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौँडामा गरिएको परीक्षणमा चार जिल्लामा ११ जना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
म्याग्दीमा छ, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपुरमा थप दुई जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नवलपुरमा १८३, बागलुङमा १४२, स्याङ्जामा १३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२ जनालाई रहेका छन् । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?