logo
२०८१ जेष्ठ ६ आईतवार



गण्डकीमा २५ कोरोना सङ्क्रमित थपिए, कुल ७९२

प्रदेश |


गण्डकीमा २५ कोरोना सङ्क्रमित थपिए, कुल ७९२


तारा चापागाईं दुबे
पोखरा, असार १२ गते । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ । शुक्रबार बिहान तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपुरमा गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ७९२ पुगेको छ ।
तनहुँको व्यास नगरपालिकाका दुई पुरुष, स्याङ्जाको कालीगण्डकीका एक पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका एक पुरुष, नवलपुरको गैँडाकोट नगरपालिकाका सात पुरुष, कावासोती नगरपालिकाका १२ पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ती सङ्क्रमित थपिएका हुन् । सबै जिल्लाका सङ्क्रमित व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
गण्डकीमा बिहीबार साँझसम्म ९१ जना बिरामी निको भएर घर गएका छन् । प्रदेशमा हालसम्म दुई सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?