logo
२०८१ फाल्गुन २० मंगलवार



चितवनमा दोस्रो कोरोना सङ्क्रमित पुरुषको मृत्यु

प्रदेश |


चितवनमा दोस्रो कोरोना सङ्क्रमित पुरुषको मृत्यु



शालिग्राम नेपाल
चितवन, असार १३ गते । कोरोना पोजिटिभ भएका एक जना पुरुषको शनिबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको छ । पश्चिम नेपाल कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो ।

उहाँ फोक्सोको क्यान्सरका बिरामी भएको भरतपुर अस्पतालका सूचना अधिकृत लिलाधर पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसोदेखि उहाँको स्वास्थ्य अवस्था जटिल बन्दैगएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई आइसोलेसन वार्डबाट आइसीयूमा सारिएको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र उपचारमा अथक प्रयास गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि राति १० बजे नै भरतपुर अस्पताल सारिएको थियो ।

यसअघि भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको जेठ २७ गते कोरोना सङ्क्रमितपछि मृत्यु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?