रसुवा, असार १३ गते । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलो पटक मोटर गुडेको छ । उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख रुपियाँ बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करिब आठ किलोमिटर मोटरबाटोको ट्रयाक निर्माण गरी सवारी साधन गुडाइएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो ।
सदरमुकामबाट नजिकैको दूरीमा रहे पनि भौगोलिक विकटताले पछाडि परेको नेशिङ गाउँमा गाउँपालिकाले मोटर निर्माण गरेपछि टाउकामा नाम्लो र पिँठ्युमा डोको छुट्ने आशा पलाएको स्थानीयवासी दावादोर्चे तामाङले बताउनुभयो ।
मोटरबाटाले हाल नेशिङका ८० घरपरिवारलाई सुविधा पुग्ने र भविष्यमा ठूलोहाकु, तिरू हुँदै डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोट जिल्लाको सातदोबाटोसम्म सीधा जोडिने बताइएको छ ।
नयाँ साधारण मार्ग खोलिएको ग्रेदेखि नेशिङसम्म मोटरबाटो व्यवस्थित भएपछि किसानको प्रमुख बाली आलु ढुवानी गर्न, बिरामी पर्दा एम्बुलेन्स बोलाउन, नियमित बस सेवा सञ्चालन गराउन, खाद्य सामग्री गाउँसम्म ढुवानी गर्न सहज हुने स्थानीय बासिन्दाले बताएका छन् ।
यसै ग,री नेशिङदेखि भोटेकोशी नदीसम्मको अर्काे सात किमी मोटरको ट्रयाक खोल्ने कामसमेत सम्पन्न भएको छ । गाउँपालिकाले गरेको ३० लाख रुपियाँ बजेटबाट उक्त सडकको ट्रक खोलिएको बताइएको छ । अधिकांश भिरपाखा र कडा चटृान भएकाले सडकको थप व्यवस्थापन गर्न क्रमागत रूपले काम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।