logo
२०८१ बैशाख १३ बिहीवार



रुपन्देहीमा पनि सलह भित्रिएको आशङ्का, अनुसन्धान शुरु

प्रदेश |


रुपन्देहीमा पनि सलह भित्रिएको आशङ्का, अनुसन्धान शुरु
ब्यारेकमा समातेर राखिएको सलह जस्तै देखिने कीरा


लक्ष्मण पौडेल
भैरहवा, असार १३ गते । भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधानसमेत थालेको छ ।
भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रमा सलह कीरा भेटिएको आशङ्कामा अनुसन्धान शुरु गरिएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह कीरा प्रदेश ५ को रुपन्देहीमा आएको हो वा होइन भनेर अनुसन्धान थालेका हुन् । “अनुसन्धानपछि यसबारे निर्क्याैल हुनेछ”, देवकोटाले भन्नुभयो ।
छिटै नै यसको निर्क्याैल हुने र यदि सलह कीरा नै भएको भए कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल गरिने देवकोटाले बताउनुभयो ।
यता, बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने कीरा ठूलो सङ्ख्यामा देखिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाको ब्यारेकमा ठूलो सङ्ख्यामा कीरा देखिएको बताउनुभयो । “त्यहाँ ठूलो आकारको फट्याङ्ग्रा ठूलो सङ्ख्यामा आएपछि सेनाले नियन्त्रणमा लिएको छ, तर सलह हो वा होइन, अझै यकिन भएको छैन ।” उहाँले भन्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?