logo
२०८१ फाल्गुन २४ शनिवार



काभ्रेका थप तीन जनामा देखियो कोरोना

प्रदेश |


काभ्रेका थप तीन जनामा देखियो कोरोना


मधुसुधन तिमल्सिना
काभ्रे, असार २६ गते । काभ्रेपलाञ्चोक जिल्लाका थप तीन जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बनेपा नगरपालिका १३ भैँसेपाटी, पनौती नगरपालिका वडा नं. २ कुशादेवी र वडा नं. ९ सुन्थानमा रहेका व्यक्तिहरूमा कोरोना सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बनेपा भैँसेपाटीका युवा र पनौती कुशादेवीमा भेटिएकी सङक्रमित महिला विदेशबाट आएका होइनन् । पनौती सुन्थानका सङक्रमित युवा १५ दिनअघि कोरियाबाट फर्किएका थिए । उनले कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ भएको कागजपत्र बोकेर घरमा बसेका थिए । पन्ध्र दिनपछि उनी इपिएस फाराम भर्न काठमाडौँ गए । फाराम भर्ने स्थानमा उनलाई पीसीआर मागियो । पहिलाको रिपोर्ट अमान्य भएकाले पाटन अस्पतालमा पुनः परीक्षण गरे । उनमा कोरोना सङ्क्रमण देखियो । उनी समुदायमा घुलमिल भइसकेका थिए ।

त्यस्तै बनेपाका युवा काठमाडौँ बस्नगएपछि क्वारेन्टाइनमा राख्न भनिएको भएपनि उनले आफूलाई कोरोना नरहेको भन्दै बस्न अस्वीकार गरेपछि पीसीआर परीक्षण गरिएको थियो । उनमा पनि रिपोर्ट पोजिटिभ आएको थियो । पनौती नगरपालिका वडा नं. २ कुशादेवी घर भएकी महिला पनि एक साताअगाडि सर्पले टोकेपछि उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल गएकी थिइन् तर सर्पले डसेकाे औषधि पाटन अस्पतालमा मात्र रहेकाले उनलाई पाटन रिफर गरिएको थियो । पाटन अस्पतालले महिलालाई सर्पले डसेको उपचारसँगै कोरोना सङ्क्रमण परीक्षण गरेको थियो ।

उपचारपछि उनि घर फर्किईन् । तर रिपोर्ट समयमै आएन । घरमा आएपछि उनलाई भेट्न मानिस आए । शुक्रबार मात्रै उनलाई कोरोना पोजिटिभ भएको जानकारी भयो । यसअघि पनौती नगरपालिकामा एक महिलालाई कोरोना देखिएको थियो । उनलाई कहाँबाट सङ्क्रमण भयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । उनको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण गर्दासमेत कोरोना कोबाट सङ्क्रमण भएको हो पत्ता लागेन । उनी निको भएर घर फर्किएकी छिन् ।
काभ्रेमा हालसम्म तीन जना थपसँगै १८ जनामा कोरोना पुष्टि भएको छ । बिना हिस्ट्रिका सङक्रमित भेटिन थालेपछि स्थानीयमा त्रास बढ्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?