logo
२०८१ फाल्गुन २६ सोमवार



पाँच लाख घुससहित नगरप्रमुखका छोरा र सहयाेगी पक्राउ

प्रदेश |


पाँच लाख घुससहित नगरप्रमुखका छोरा र सहयाेगी पक्राउ



सन्तोष सुवेदी
सिरहा, असार ३१ गते । कमिसन बापतकाे नगद पाँच लाख रुपियाँ लिँदै गरेको अवस्थामा बुधबार सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुखका छोरा सन्तकुमार मण्डल पक्राउ परेका छन् ।

लहान नगरपालिका–२२ स्थित राजदेवी चाेकनजिक रहेको एक पेट्रोल पम्पमा रकम लेनदेन गरिरहेको अवस्थामा कल्याणपुर नगरपालिकाका नगर प्रमुख छोरा सन्तकुमार मण्डललाई बर्दिबासबाट खटिएको अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । मण्डलका साथमा अर्का सहयोगी जितेन्द्र मण्डल पनि पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

कल्याणपुरका नगर प्रमुख सूर्यनाथ मण्डलले डीपीआरबापत सेवाग्राहीसँग माग गरेको कमिसनबापत पाँच लाख रुपियाँ लिन छोरालाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोलीको आरोप रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?