logo
२०८१ फाल्गुन २६ सोमवार



कुलोबाट लडेर कृष्ण र सर्पले टोकेर लक्ष्मणको मृत्यु

प्रदेश |


कुलोबाट लडेर कृष्ण र सर्पले टोकेर लक्ष्मणको मृत्यु


गाईघाट, साउन ८ गते । खेतमा पानी लगाउन जाँदा उदयपुरको कटारी नगरपालिका वडा नं १४ घुर्मिका ५७ वर्षीय कृष्णबहादुर मगरको कुलोको डिलबाट लडेर मृत्यु भएको छ । स्थानीय बादुरा खोलाबाट घुर्मीतिरको खेतमा पानी ल्याउन कुलो खन्ने क्रममा कुलोको आलीबाट खुट्टा चिप्लिएर लड्दा घटनास्थलमा नै निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।

कुलोबाट चिप्लिएर करिब ३० मिटर तल ढुङ्गामा पछारिएर मृत्यु भएका मगरको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नं ५ सिसाघारीका १८ वर्षीय लक्ष्मण खत्रीको विषालु सर्पको डसाइबाट बुधबार साँझ मृत्यु भएको छ । उपचारको क्रममा ज्यान गएको हो ।
परिवारका सबै सदस्य धान रोप्न खेतमा गएकोले बिहान घरमा कोही नभएका बेला बारीमा फर्सीको मुन्टा टिपेर खाना बनाएका लक्ष्मण दिउँसो आमा घरमा आउँदा बिरामी भएको देखेपछि अटो रिक्सामा कटारी अस्पत्तालमा पुर्याएर प्राथमिक उपचारपछि सिरहाको कर्जन्हा अस्पतालमा उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
खेतबाट फर्किएर आउदा छोरोले बान्ता पनि गरेको र सुतिरहेको पाइएपछि अटोरिक्सामा कटारी अस्पत्ताल ल्याइएकोमा कटारी अस्पतालले उपचार हुन नसक्ने र अन्यत्र लैजान भनेपछि एम्बुलेन्सबाट सिरहाको कर्जन्हा अस्पताल पुर्याउँदा त्यहाँका चिकित्सकले निजको सर्पदंशबाट मृत्यु भएको पुष्टि गरेको वडा नं ५ का वडा अध्यक्ष शङ्कर राईले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?