चित्र मिजार
सिनधुपाल्चोक, साउन ९ गते । अबिरल बर्षाका कारण अरनिको राजमार्ग अन्र्तगतका बिभिन्न सडकखण्ड भासिने र पहिरो जाने क्रम चल्न थालेको छ । बर्षेनी उक्त सडकखण्डलाई सुुनकोशी नदीले तान्दै आएको छ भने माथिबाट आएको पहिरोले सडक दिनहुँ अबरुद्ध हुदैं आएको छ ।
केही दिन अघिको अबिरल बर्षाका कारण राजधानी जोड्ने कोठे बलेफी खण्डको कोठे भीरमा दुई सय मिटर लम्बाईको सडक भासिएको छ । उक्त भीरमा बर्षोंदेखि एकत्तर्फी मात्रै ट्रयाक रहेको थियो । सोही भीरमा नदीले सडक तानेपछि सडक अबरुद्ध हुदैं आएको छ । बाह्बिसे नजिक महभीर भीरमा नदीले सडक तानेको छ । सो खण्डमा दैनिक रुपमा सडक भासिन थालेको छ । त्यस्तै जुरे पहिरोमा पनि सडकलाई सुनकोशी नदीले तानेको छ भने माथिबाट लेदोले सडक डाकेको छ ।
सुकुटेदेखि चेहेरे सम्मको खण्डमा माथिबाट पहिरो आएर सडक अबरुद्ध हुदैं आएको छ । राजमार्गबाट गाउँ जोड्ने गा्रमीण सडक खनेका कारण उक्त सडकबाट पहिरो आउन थालेको छ । गा्रमीण सडक बग्न थालेपछि राजमार्गमा माटोको लेदो र पहिरो थुप्रिन थालेका छन् । दिनहुँ पहिरो आउदाँ सडक अबरुद्ध हुदै आएका कारण यातयातका साधान रोकिदै आएका छन् ।
सडक माथिबाट पहिरो र लेदो आउदाँ सवारी साधान पुरिने खतरा बढेको छ । राजमार्गमा जोगिएरै गाडी चलाउन मुस्किल भएको चालक राम बहादुर तामाङले दुखसो गर्नु भयो । भासिएको सडकमा गाडी नदीमा झर्ला भन्ने एकातिर डर छ भने अर्कोतिर माथिबाट लेदो, ढुंगा र पहिरो आएर पुर्ला भन्ने डर भएको चालक तामाङले पीडा ब्यक्त गर्नु भयो ।
स्थानीय सरकारले बिकासको नाममा जथाभावी सडक खनेका कारण पनि माथिबाट पहिरो आउने थालेको सामाजिक ब्यत्तित्व भूपेन्द्रबिक्रम थापाले जानकारी दिनु भयो । सडक जोगाउन नदीबाट लगाउनु पर्ने मेशिनरीवाल, प्लम्बडलान, जालीगारो जस्ता संरचना गुणास्तरहिन भएपछि नदीले सडक तान्ने र भासिदैं जाने पनि उहाँले बताउनु भयो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख बिजय कुमार महत्तोले नदीमा बाढी आएपछि सडक तान्ने र भासिने बताउनु भयो । माथिबाट पहिरो र माटोको लेदो र ढुंगा आउदाँ सडक अबरुद्ध हुदैं आएको पनि स्वीकार्नु भएको छ । राजमार्ग अबरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ राखिदै काम गदै आएको पनि डिभिजन प्रमुख महत्तोले जानकारी दिनु भएको छ ।