logo
२०८१ मंसिर १४ शुक्रवार



गण्डकी प्रदेशको कोरोना रोकथाममा १८ करोड ५४ लाख खर्च

प्रदेश |


गण्डकी प्रदेशको कोरोना रोकथाममा १८ करोड ५४ लाख खर्च


तारा चापागाईं दुवे
पोखरा, साउन १२ गते । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनमा १८ करोड ५४ लाख ६६ हजार पाँच सय रुपियाँ खर्चिएको छ । गण्डकी प्रदेश सरकारको राहत कोषमा जम्मा भएको ३४ करोड ७० लाख ६१ हजार २६६ रुपियाँमध्ये जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य सामग्री खरिद, आइसोलेसन पूर्वाधार निर्माण लगायतका शीर्षकमा १८ करोड ५४ लाख ६६ हजार पाँच सय रुपियाँ खर्च भएको छ । कोषमा १६ करोड १५ लाख ९४ हजार ७६६ रुपियाँ बाँकी रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.रामबहादुर केसीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि मुख्यमन्त्री राहत कोषमा प्रदेश सरकारले दुईपटक गरी ३० करोड र बाँकी रकम विभिन्न दाताबाट सङ्कलन भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत उक्त रकम खर्च भएको हो ।

सङ्घीय सरकारबाट जोखिम भत्ताबापत प्राप्त पाँच करोड २७ लाख ७३ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको तीन करोड २४ लाख र आइसोलेसन व्यवस्थापनको लागि प्राप्त रकम एक करोड ६४ लाख ८५ हजार रुपियाँ कोभिड–१९ को लागि खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।

गण्डकी सरकारबाट प्रदेशभर स्वीकृत ३८ वटा आइसोलेसन सेन्टर छन् भने क्वारेन्टाइनको लागि स्थानीय सरकारले आफैँ व्यवस्थापन गरेका उहाँले बताउनुभयो । सबैभन्दा ठूलो रकम आपूर्ति व्यवस्थापन केन्द्रलाई १२ करोड ८५ लाख ८१ हजार दिइएको छ भने प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई १० करोड ३४ लाख र स्वास्थ्य निर्देशनालयलाई २ करोड २८ लाख पाँच हजार रुपियाँ दिइएको डा. केसिले बताउनुभयो । प्रदेश सरकारले धौलागिरीसहित अरु जिल्लाका अस्पताल र स्वास्थ्य कार्यालयलाई पनि जोखिम भत्ता पठाएको छ । मन्त्रालयले ३० असारमा सबै गरेर पाँच करोड २७ लाख ७३ हजार रुपियाँ भत्ताका लागि निकासा गरेको हो ।
साउन १२ गतेसम्म गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३७७ जना पुगेको छ । एकहजार २०१ जना निको भइसकेको छन् । त्यसैगरी उपचारार्थ १७२ जना छन् भने क्वारेस्टिनमा एक हजार ५३७ जना छन् भने चार जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?