logo
२०८१ फाल्गुन २९ बिहीवार



गुल्मीमा पहिरो, एकै घरका चार जनाको मृत्यु

प्रदेश |


गुल्मीमा पहिरो, एकै घरका चार जनाको मृत्यु
फाइल तस्बिर


तिलाचन पाण्डे
तम्घास ,साउन १६ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५, आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब ९ बजेतिर घरमाथिबाट आएको पहिरोमा परेर बिना माझी, उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी जाँदैगरेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय, गुल्मीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?