logo
२०८१ फाल्गुन ३० शुक्रवार



कमलामाई नगरपालिका र चीनको मेसान सिटीबीच मैत्री सम्बन्ध स्थापना

प्रदेश |


कमलामाई नगरपालिका र चीनको मेसान सिटीबीच मैत्री सम्बन्ध स्थापना


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २२ गते । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । कमलामाईका प्रमुख खड्गबहादुर खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनाबारे समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ‘भर्चुअल’ समारोहमार्फत् दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदानको प्रतिबद्धता व्यक्त गरिएको हो ।

समझदारीपत्रमा दुवै नगरवासीबीच अर्थ–व्यवस्था, व्यापार, विज्ञान–प्रविधि, संस्कृति, पर्यटन, शिक्षा र साझा चासोका अन्य क्षेत्रहरूमा सहयोग आदनप्रदान गर्ने उल्लेख छ । कमलामाई नगरपालिकाद्वारा बुधबार काठमाडौँमा आयोजित हस्ताक्षर कार्यक्रममा सांसद गणेश पहाडी, बाग्मती प्रदेश सभा सदस्य विनोदकुमार खड्का, चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, नेकपाका केन्द्रीय सदस्य मनोजजङ्ग थापा, नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्वल बराललगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?