logo
२०८१ फाल्गुन ३० शुक्रवार



बाजुरामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


बाजुरामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि


शेरबहादुर सार्की
बाजुरा, साउन २४ गते । बाजुरामा थप तीन जनामा कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य कार्यालय, टेकु काठमाडाैँकाे कोभिड –१९ परीक्षण प्रयोगशालामा गत बिहीबार गरिएको परीक्षणमा बाजुराका थप नयाँ तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

पुष्टि हुनेमा भारतबाट आएर होम क्वारेन्टाइन बसिरहेका त्रिवेणी नगरपालिका वडा नं. १ का २७ वर्षीया महिला र ४० वर्षीय पुरुष र खप्तड छेडेदह गाउँपालिका वडा नं. २ का २३ वर्षीय पुरुष रहेका छन् ।

उहाँहरू सबै भारतबाट आएर गाउँपालिका विभिन्न क्वारेन्टाइनमा बस्नुभएकाे थियाे । समुदायमा कोरोना सङ्क्रमण फैलिएको छ या छैन भन्ने कुरा जानकारी पाउने गरी बाजुराका नौ वटै स्थानीय तहका पीसीआर रिपोर्ट पोजिटिभ व्यक्तिको सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलन भएको थियो ।

बुढीगङ्गाका नगरपालिकाका २३० त्रिवेणीका नगरपालिकाका ६९, बडीमालिका नगरपालिकाका १०४, बुढीनन्दा नगरपालिका ६०, छेडेदहका गाउँपालिका ७९, जगनाथ गाउँपालिका २१, स्वामिकार्तिक गाउँपालिकाका ११ गरी जम्मा ५८६ जनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षणका लागि साउन १६ गते हेलिकप्टरमार्फत  काठमाडाैँ पठाइएको थियो ।

स्वाब लिइएका ५८६ जनामध्ये तीन जनाको रिपोर्ट पोजिटिभ र ५५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य २९ जनाको रिपोर्ट जिल्लामा नआइपुगको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बस्दै गरेकाहरूमा कोरोना सङ्क्रमणको पुष्टि भए पनि समुदायमा कोरोना नफैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?