logo
२०८१ बैशाख ७ शुक्रवार



वीरगञ्जमा शनिबार मृत्यु भएकी महिलामा काेराेना सङ्क्रमण पाइयाे

प्रदेश |


वीरगञ्जमा शनिबार मृत्यु भएकी महिलामा काेराेना सङ्क्रमण पाइयाे


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २६ गते । शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीय महिलामा आइतबार राति अबेर आएको पीसीआर रिपाेर्टमा कोरोना पोजिटिभ पाइएको छ ।  
श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार साझ वीरगञ्जको ईण्डो अस्पतालमा लगिएको र चार घण्टा उपचार गर्दा कुनै सुधार नआएपछि चिकित्सकको सल्लाहमा गण्डकको अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा उपचार गर्दा गर्दै ती महिलाको राति अबेर मृत्यु भएको थियो ।
गण्डकको अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको बताउनुभयो ।
कोभिड अस्पतालमै उपचारका क्रममा शनिबार रातिमा मृत्यु भएको र मृत्युपछि शनिबार राति नै स्वाब सङ्कलन गरी पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा आइतबार राति १२.०० बजे ती महिलाको पीसीआर रिपाेर्ट पोजिटिभ आएको डा. सिंहले बताउनुभयो ।
यी ४५ वर्षीय महिलामा मृत्युपश्चात कोरोना सङ्क्रमण पुष्टि भएसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ भने साउन महिनामा मात्रै कोरोना सङ्क्रमणको कारण १८ जनाको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?