logo
२०८१ चैत्र ३ सोमवार



कैलालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ४२६ पुग्यो

प्रदेश |


कैलालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ४२६ पुग्यो


अविनाश चौधरी
धनगढी, भदौ ४ गते । कैलालीमा आज ५० जना सङ्क्रमित थपिएका छन् । यो सँगै कैलालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ४२६ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सो अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९४ नमूना जाँच गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका बाँकी १४ जना कञ्चनपुरका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्क्रमितमध्येमा १८ महिला ४६ जना पुरुष रहेका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार कैलालीको गौरीगङ्गा नगरपालिकामा २६ जना, गोदावरी नगरपालिका–१२ मा ११, घोडाघोडी नगरपालिकामा १० र भजनी नगरपालिकामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, भीमदत्त नगरपालिकामा १४ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?