logo
२०८१ चैत्र ३ सोमवार



सिन्धुपाल्चोकका २४२ बस्ती जोखिममा

प्रदेश |


सिन्धुपाल्चोकका २४२ बस्ती जोखिममा


सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, भदौ ७ गते । सिन्धुपाल्चोकमा बाढीपहिरोको जोखिममा २४२ बस्ती रहेको जानकारी दिइएको छ । सदरमुकाम चौतारामा भएको प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्तीहरूको पहिचान र स्थानान्तरणसम्बन्धी कार्यक्रममा सो कुरा पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले बताएका हुन् ।
बलेफी गाउँपालिकामा १४, बाह्रबिसे नगरपालिकामा २३, भोटेकोसी गाउँपालिकामा ४९ र चौतारा साँगचोकगढी नगरपालिकामा चार बस्ती जोखिममा रहेको छ । त्यस्तै हेलम्बु गाउँपालिकामा ३४, इन्द्रावती गाउँपालिकामा १९, जुगल गाउँपालिकामा ३३ र लिसङ्खुपाखर गाउँपालिकामा १० बस्ती जोखिममा रहेका छन् । मेलम्ची नगरपालिकामा १९, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ३२, सुनकोसी गाउँपालिकामा एक र त्रिपुरासुन्दरी गाउँपालिकामा चार बस्ती बाढीपहिरोको जोखिममा रहेको प्राविधिकहरूले जनाएका छन् ।
२१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोनमा र ७६ बस्ती ग्रीन जोनमा रहेको उनीहरूले बताएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुगल गाउँपालिकाका केही बस्तीलाई तत्कालै स्थानान्तरण गर्ने जानकारी दिनुभएको छ । लिदी, नाम्फा र बोल्दे गाउँलाई तत्काल स्थानान्तरण गरिने उहाँले बताउनुभयो । साथै बाह्रबिसे नगरपालिकाका ६५ परिवारलाई पनि तत्काल सारिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?