logo
२०८१ चैत्र ३ सोमवार



सिन्धुपाल्चोकमा एक साताका लागि थपियो लकडाउन

प्रदेश |


सिन्धुपाल्चोकमा एक साताका लागि थपियो लकडाउन


चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ७ गते । सिन्धुपाल्चोकमा ८ गतेदेखि एक साताको लागि लकडाउन थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिले एकसाता लकडाउन थपेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यसअघि भदौ १ गतेबाट ७ गते राति १२ बजेसम्म लकडाउन गरिएको थियो ।

उहाँका अनुसार जिल्लामा सङ्क्रमणदर बढदै गएकोले लकडाउन थपेको हो । लकडाउन अवधिभर कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । एम्बुलेन्स, दमकल र अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् ।

विद्यालय, होटल, रेष्टुराँ, शैलुन, तालिम, गोष्ठी, प्रर्दशन, खेलकुदलगायत गतिविधि गर्न रोक लगाइएको छ । सरकारी, गैरसरकारी, बैङ्क, वित्तीय सङ्घसंस्था दिनको ११ बजेदखि २ बजेसम्म खोल्न पाइने भएको छ । सिन्धुपाल्चोकमा ८६ जना कोभिड १९ का बिरामी देखिएका छन् । जसमा ७४ जना निको भई घर फर्किएका छन्, ९ जना उपचारत छन् । कोभिड १९ का कारण तीन जनाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?