logo
२०८१ चैत्र ३ सोमवार



पर्सामा थप ३४ जनामा सङ्क्रमण पुष्टि

प्रदेश |


पर्सामा थप ३४ जनामा सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ ८ गते । पर्सामा थप ३४ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको आइतबार राति अबेर आएको रिपाेर्टमा पर्साका ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय, पर्साका अधिकृत विनय श्रीवास्तवका अनुसार पछिल्लो पटक छ महिला र २८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिकाका २० जना र पर्सागढी नगरपालिकाका १४ जना गरी ३४ जना नयाँ सङ्क्रमित फेला परेका हुन् ।

थपिएका सङ्क्रमितहरूमा पर्सागढी नगरपालिकाको वडा नं. ८ का १४ जना, वीरगञ्ज महानगर पालिका वडा नं. १५ भिस्वाका चार महिलासहित १३ जना रहेका छन् । त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. ४, ६, ११, १२, १६, २१ र २४ का एक/एक जनामा सङ्क्रमण देखिएको अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो ।

याेसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार ९७० पुगेको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?