logo
२०८१ बैशाख १५ शनिवार



बारामा थप दुई काेराेना सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या १३ पुग्यो

प्रदेश |


बारामा थप दुई काेराेना सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या १३ पुग्यो


शिवशङ्कर मिश्र
बारा, भदौ ९ गते । बारामा थप दुई जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष तथा विश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ वर्षीय अर्को पुरुषको मृत्यु भएको हो ।
पीसीआर रिपाेर्ट पोजिटिभ आएपछि उहाँहरूलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारका क्रममा मङ्गलबार बिहान छ बजे र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
मृत्यु भएका व्यक्तिहरू लामो समयदेखि विभिन्न रोगले ग्रस्त रहेकाले पहिल्यैदेखि विभिन्न अस्पतालहरूमा उपचार गराउँदै आएको बताइएकाे छ । पीसीआर रिपाेर्ट पोजिटिभ आएपछि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचार भइरहेको र त्यहीँ मृत्यु भएकाे बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
यता उपचारको क्रममा नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा कोरोनाबाट मृत्युको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला सुरक्षा प्रमुखहरूसहितको विपद् व्यवस्थापन समितिकाे बैठक जारी रहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?