logo
२०८१ चैत्र ५ बुधवार



पर्सामा थप ३१ जनासहित ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


पर्सामा थप ३१ जनासहित ५० जनामा कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १३ गते । पर्सामा थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणको राती अबेर आएको रिपाेर्टमा पर्साका थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. चौरसियाका अनुसार बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएका ४४३ जनाको स्वाबको नमूना परीक्षण गर्दा पर्साका ३१ जना, बाराका आठ जना, धनुषाका चार जना, काठमाडाैँका एक जना, रौतहटका एक जना र सर्लाहीका दुई जना गरी ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्सामा थपिएका ३१ जनामध्ये वीरगञ्ज महानगरपालिकाका १८ जना, कालिकामाई गाउँपालिकाको तीन जना र पोखरिया नगरपालिकाका १० जना रहेको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. चौरसियाले जानकारी दिनुभयो । बिहीबार थप ३१ जना सङ्क्रमित थपिएसँगै पर्सामा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार ९५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?