राजेन्द्र ठगुन्ना
अमरगढी,भदौ १८ गते । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका एकसहित सुदुरपश्चिममा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार डडेल्धुरा अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय, दार्चुलाका एक जना, डोटी जोरायल गाउँपालिकाका चार, अछाम मेल्लेख गाउँपालिकाका एक, चौरपाटी गाउँपालिकाका एक, बझाङ बुङ्गल नगरपालिकाका एक जना गरी आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड-१९ प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले बताउनुभयाे ।
बिहीबार २४४ जनाको कोरोना परीक्षण गर्दा आ ठ जनाको पोजिटिभ र २३६ जनाको नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।