logo
२०८० चैत्र ६ मंगलवार



एकै दिनमा तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |


एकै दिनमा तीन कोरोना सङ्क्रमितको मृत्यु
फाइल तस्बिर


दीपक ज्ञवाली
बुटवल, भदौ १९ गते । रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिएअनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मिर्गौलाले काम नगरेपछि चितवनमा डाइलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताउनुभयो शुक्रबार बिहान नै बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।
त्यसअघि शुक्रबार नै बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगकी बिरामी निमोनिया देखिएपछि उहाँलाई भदौ ४ गते अस्पतालको आईसीयूमा राखेर उपचार गराइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?