logo
२०८१ बैशाख ८ शनिवार



बाँकेमा अहिलेसम्मकै सबैभन्दा बढी ७७ संक्रमित एकैदिन निको भए

प्रदेश |


बाँकेमा अहिलेसम्मकै सबैभन्दा बढी ७७ संक्रमित एकैदिन निको भए
फाइल तस्बिर


सिराज खान
नेपालगञ्ज, भदौ २४ गते । बाँके जिल्लामा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधवार घर फर्कनेहरुमा पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत नेपाली सेनाका ५१ जना, भेरी अस्पतालमा कार्यरत एक डाक्टर र दुई नर्स, नेपाल टेलिकमका ८ कर्मचारी र अन्य स्थानिय गरी ७७ जना निको भएर घर फर्किएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि ७७ जनालाई जिल्लाका बिभिन्न आईसोलेसन अस्पताल र सेन्टरमा राखेर उपचार गरिएको बताउनुभयो । उहाँले ती सबै ७७ जनामै १४ दिनसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिएको र सबैको स्वास्थ्य राम्रो रहेकोले सबैलाई बुधवार डिस्चार्ज गरिएको बताउनुभयो ।
योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ९१५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोनाबाट जिल्लामा संक्रमित हुनेहरुको संख्या एक हजार २७२ पुगेको छ भने आठ जनाको मृत्यु भैसकेको छ ।
अझैपनि ३४९ जना विभिन्न आईसोलसनमा बसेर उपचार गराईरहेको सो कार्यालयले जनाएको छ । पछिल्लो समयमा खजुरा कोरोनाको हटस्पट बनेपछि अहिले खजुरामा पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले भदौ २७ गते राती १२ बजेसम्म खजुरा गाउँपालिका भर निषेधाज्ञा जारी रहने बताउनुभयो । उहाँले सो अवधिमा अत्यावश्यक सवारी साधन र सामाग्री बाहेक अन्य कुनै पनि सेवा सुचारु नरहने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?