logo
२०८१ मंसिर १४ शुक्रवार



तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना संक्रमण

प्रदेश |


तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना संक्रमण


प्रकाशचन्द्र भट्टराई

दमौली, भदौ २६ गते । तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका पाँच जना प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । त्यस्तै भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु नगरपालिका–६ का ६२ वर्षीया महिला, ४२ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार सशस्त्र प्रहरी बलका सात जनाको स्वाब सङ्कलन गरिएको थियो । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?