logo
२०८१ मंसिर १४ शुक्रवार



पूर्वी नवलपरासीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश |


पूर्वी नवलपरासीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


होमराज रानाभाट

कावासोती भदौ २६ गते । पूर्वी नवलपरासीमा आज ३५ जना नयाँ संक्रमित थपिए पछि संक्रमितको संख्या छ सय आठ पुगेको छ । जिल्लामा अहिले छ सय आठ कोरोनाबाट संक्रमित भएका छन्, भने चार सय निको भएका छन् भने २०८ आईसोलेशनमा उपचार्रथ रहेका छन् ।

आज पोखरामा गरिएको दुई वटा बेग्ला बेग्लै परिक्षणमा ३३ र भरतपुरमा गरिएको परिक्षणमा दुई जना गरि ३५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब प्रसाद चापागााईले बताउनुभयो ।

पोखरामा गरिएको परिक्षणमा गैंडकोट नगरपालिकाको १,४,५,१० र ११ वडामा दुई महिला सहित छ जना ,कावासोती नगरपालिकाको ५,८,र १६ मा पाँच महिला सहित नौ जना ,बिनयीत्रिबेणी गाउँपालिकाको ३,४,र ५ का सात महिला सहित १८ जना र भरतपुरमा गरिएको परिक्षणमा गैंडाकोट नगरपालिका ८ का दुई पुरुषमा गरि ३५ जनामा कोरोना पुष्टि भएको जिलला स्वास्थ्य कार्यालयका प्रमुख चापाँगाईले जानकारी दिनुभयो ।

संक्रमित सबैलाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालय अन्र्तगत अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताउनुभयो । संक्रमित सबै समुदाय स्तरका भएका निर्देशक पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?