logo
२०८१ मंसिर १५ शनिवार



बागलुङ पहिरो अपडेटः पहिरोले घर पुरिँदा दुई महिलाको मृत्यु, दुई घाइते

प्रदेश |


बागलुङ पहिरो अपडेटः पहिरोले घर पुरिँदा दुई महिलाको मृत्यु, दुई घाइते


नवीन शिशिर विक

बागलुङ, भदौ २८ गते । बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोट र वडा–५ दमेकमा पहिरोले घर पुरिँदा दुई महिलाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–१ टुनीबोटमा घरमाथिबाट खसेको पहिरोले टुनीबोटका मणीभद्र उपाध्याको घरमाथिबाट आएको पहिरोले पुरिदा उहाँकी ६३ बर्षिय श्रीमती लक्ष्मीदेवी पाध्याको मृत्यु भएको हो ।
पहिरोमा परी ७० बर्षिय मणीभद्र उपाध्याय र २८ बर्षिय छोरी देवी शर्मा घाईते हुनुभएको छ । घाइतेको प्राथमिक स्वास्थ्य चौकी कुश्मिशेराका स्वास्थ्यकर्मी घटना स्थलमा पुगेर प्राथमिक उपचार गरेको जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले जानकारी दिनुभयो । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

घरमाथिको सडकमा लगाएको ग्याविन जालीसहित आएको पहिरो स्थानीय रविन्द्रनाथ शर्मा र नन्दलाल शर्माको घरपूर्ण रुपमा क्षति गरेको छ । दुवै घरमा परिवार काठमाण्डौ बसोबास गर्दै आएको हुँदा मानवीय क्षति नभएको जैमिनी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, जैमिनी नगरपालिका–५ दमेक सिमलेमा गएको पहिरो घर भत्किदा स्थानीय ७५ बर्षिय जाल्पादेवी पौडेलको मृत्यु भएको छ । सो घरमा ७ जनाको परिवार बस्दै आएको थियो । अन्य ६ जनालाई सकुशल उद्धार गरेको जिल्ला समन्वय समिति बागलुङका सदस्य राजु केसीले जानकारी दिनुभयो ।

निरन्तर वर्षाले घरमाथि रहेको बाँसघारीमा पानीको मुल उम्रेको र त्यही मुलको पानीले बाँसकोघारी सहित पहिरो खसेको केसीले जानकारी दिनुभयो । विरल वर्षाको कारण जिल्लाको विभिन्न भागमा पहिरो जाने क्रम रोकिएको छैन । पहिरोे मानवीय क्षतिसँगै भौतिक क्षति समेत गरेको छ । निरन्तरको वर्षाले ग्रामिण सडकहरु क्षतविक्षत भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?