धर्बेन्द्र झा
जनकपुरधाम, भदौ २८ गते । प्रदेश नं. २ मा आइतबार ३८ जना मात्र नयाँ कोरोनाका संक्रमित थपिएका छन् । पछिल्लो दिनहरुको तुलनामा संक्रमित हुनेको संख्यामा विस्तारै कमी आउन थालेको छ । संक्रमितको संख्यामा विस्तारै कमी आए पनि प्रदेश २ मा भने सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ४१० रहेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गरिएको परीक्षणबाट आज चार महिला र ३४ जना पुरुष गरी ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ का वरिष्ठ चिकित्सक डा. कमलेशकुमार यादवले जानकारी दिनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार ८८३ हुन पुगेको उहाँले बताउनुभयो ।