राजेन्द्र ठगुन्ना
अमरगढी,भदौ ३० गते । डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरीएको परीक्षण्मा १२ जनामा कोरोना पोजेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले बताउनुभयो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६८ नमुनाको परीक्षण गर्दा १२ जनाको पोजेटिभ र अन्य ५६ जनाको नेगेटिभ आएको प्रयोशालाले जनाएको छ ।
संक्रमित हुनेहरुमा बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. ७ का ६जना,डिलाशैनी गाउपालिका वडा नं. ७ का २जना, बझाङ जिल्ला दुर्गाथली गाउपालिका वडा नं. २ का १ जना र दार्चुला जिल्ला शैल्यशिखर नगरपालिकाका २ जना र महाकाली नगरपालिका वडा नं. ४ का १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा मंगलबार नै भएको परिक्षणमा १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । गोदावरी नगरपालिका कैलालीमा ९ जना,धनगढी उप महानगरपालिका वडा नं.५ का २ जना,वडा नं. ६ का १ जना, र वडा नं. ८ का १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो ।
मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशला र सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदुरपश्चिममा २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।