logo
२०८१ मंसिर १३ बिहीवार



भेरी अस्पतालमा उपचाररत काेराेना सङ्क्रमित चिकित्सकको निधन

प्रदेश |


भेरी अस्पतालमा उपचाररत काेराेना सङ्क्रमित चिकित्सकको  निधन
सांकेतिक तस्विर


सिराज खान/गाेविन्द शर्मा
नेपालगञ्ज, असोज १५ गते । बाँकेमा कोरोनाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार कोरोना संक्रमितको उपचारमा खटिनुभएका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको हो ।
प्रजिअ कुरुमवांगले संक्रमित भएपछि भेरी विशेष कोरोना अस्पतालमा उपचार भैरहेकोमा सापकोटाको मृत्यु भएको बताउनुभयो ।
डा. सापकोटासंगै बाँकेमा विहिबार एकै दिन तीन जनाको मृत्यु भएको छ । यसअघि विहीबार विहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।
विहान कोरोनाबाट निधन हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ बर्षीया महिला रहनु भएको थियो ।
चिकित्सकसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ भने अन्य जिल्लाबाट आएर भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म १ हजार ९१३ जना संक्रमित भेटिएकोमा १ हजार ५४२ जना निको भएर घर फर्किसक्नु भएको छ भने ३५४ जनाको अझै विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ । ती मध्ये १८ जनाको मृत्यु समेत भएको सो कार्यालयले जनाएको छ ।

नाेट: यस अघि मृतक चिकित्सक कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत हुनपर्नेमा अन्यथा भएकाेले सँच्याइएकाे छ ः सम्पादक 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?