logo
२०८१ जेष्ठ ४ शुक्रवार

  दृष्य समाचार  



पाँच वर्ष भयो सडक मर्मत थालेको अझै हिलो र धूलोले सास्ती

प्रदेश |
भिडियो |


पाँच वर्ष भयो सडक मर्मत थालेको अझै हिलो र धूलोले सास्ती


कैलाश लामा
चरिकोट, असोज २० गते । राजधानी काठमाडौँबाट अरनिको राजमार्ग हुँदै दोलखा जोड्ने लामोसाँगु जिरी सडक अन्तर्गतको काम हालसम्म सम्पन्न हुन सकेको छैन् । सिन्धुपाल्चोकको शहरे डाँडादेखि दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको ठेकेदारको लापरबाहीले कामले गति लिन नसकेको हाे ।


ठेकेदार कम्पनीहरु भारतको सकिल हैदर र नेपालको शंकर मालीरसुनौला खिम्ति जेभीले समयमै काम सम्पन्न गराउन नसक्दा सडक हिलाम्मे र धुलाम्मे अवस्थामा छ । सडककै कारण पाँच वर्षदेखि दोलखाको व्यापार, व्यवसायमा मन्दी छाएको दोलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष सनत थापाले जानकारी दिनुभयो । उहाँले सडक नबन्नुमा आयोजना पक्ष र ठेकेदार पक्ष दुवै जिम्मेवार रहेको बताउनुभयो ।

१४ जुन २०१५ मा भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपियाँमा ठेक्का सम्झौता भएको र २०१८ को मार्चमा सडक चौडा तथा कालोपत्रे कार्य सक्नुपर्ने थियो । तर उक्त प्याकेजको अबधि सकिएपनि काम सम्पन्न हुन सकेको छैन् ।
स्ट्रक्चरको काम करिब ९५ प्रतिशत सकेको ठेकेदारले कालोपत्रे काम भने हालसम्म सुरु गर्न सकेका छैनन् ।

लामोसागु( जिरी सडक आयोजना प्रमुख दिप बाराहीले असोज २४ गतेबाट ठेकेदार कम्पनीले कालोपत्रे थाल्ने बताउनुभयो । त्यसैगरी मुडे–चरिकोट खण्डमा काम नगर्ने निर्माण कम्पनीलाई काममा फर्काउन दबाबसहित पहल थालेको स्थानीय प्रशासनले काम नसकुञ्जेल उक्त ठेकेदार कम्पनी र यो सडक सुधार आयोजनाका सवारी र उपकरणलाई सडक आयोजना क्षेत्र भन्दा बाहिर जानबाट रोक्ने सम्मको रणनीति बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?