logo
२०८० चैत्र १५ बिहीवार



बुटवलमा अन्तर प्रदेश आन्तरिक मामिलाबारे अन्तर्क्रिया 

प्रदेश |


बुटवलमा अन्तर प्रदेश आन्तरिक मामिलाबारे अन्तर्क्रिया 


दीपक ज्ञवाली
बुटवल,माघ ९ गते । देशका सबै प्रदेशबीच सहकार्य, समन्वय र सहअस्तित्व कायम गर्ने उद्देश्यले बुटवलमा अन्तर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्तरीय अन्तरक्रिया आयोजना भएको छ । शुक्रबारदेखि शुरु भएको कार्यक्रममा प्रदेशहरुका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँगै आन्तरिक मामिला तथा कानुनसँग सरोकार भएका अधिकारीहरुको सहभागिता छ ।
कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघियतालाई बलियो बनाउन प्रदेशहरूलाई अझ स्थापित गर्न जरुरी रहेको बताउनुभयो । आफ्नो प्रदेशको अनुभव सुनाउदै उहाँले अन्तर प्रदेशका अनुभव र कार्यशैली साटासाट गर्दा सबै प्रदेशहरुलाई लाभ हुने चर्चा गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले सातै प्रदेशले छोटो अवधिमा कानुन निर्माणदेखि संघीयता कार्यन्वयनका लागि महत्वपूर्ण उपलब्धिहरु हासिल गरिरहेको चर्चा गर्नुभयो । उहाँले केही कानुनी अस्पष्टता र चुनौतीहरुलाई समाधान गर्दै प्रदेशहरुलाई अझ स्थापित गर्न आबश्यक रहेको पनि बताउनुभयो ।
प्रदेशहरुका अनुभव, संस्कार, कार्यशैली,संकृति जस्ता कुराहरुबाट शिक्षा लिएर अघि बढ्ने उध्येश्यले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सहकार्य, समन्वय र सहअस्तत्वि कायम गर्दा सवै प्रदेशको हित हुने भएकाले यस्तो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले तीन तहका सरकारहरुविच अन्तरसम्वन्ध व्यबस्थित हुँदा र अन्तर प्रदेशका अनुभव साटासाट गर्दा संघीयता कार्यन्वयनदेखि प्रदेशहरुको समुन्नतिमा ठूलो उपलब्धी हुने बिश्वास ब्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब रबिलाल पन्थका अनुसार कार्यक्रममा प्रदेशहरुका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु,सबै प्रदेशका उक्त मन्त्रालयका सचिबहरु, मुख्यन्याधिबक्ताहरु,लुम्बिनी प्रदेशका मुख्यसचिबसहित सबै मन्त्रालयका सचिबहरु लगायतको सहभागिता छ ।
दुई दिनसम्म चल्ने कार्यक्रमको दोश्रोे दिन शनिबार सबै प्रदेशका सहभागिहरुले बुद्धजन्स्थल लुम्बिनी लगायतका महत्वपूर्ण पर्यटकीय,सांस्कृतिक,धार्र्मीक स्थलसंगै ठूला बिकास निर्माणका आयोजनाहरुको अबलोकन गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?